रवि लामिछानेले गरे मतदान, प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । लामिछानेले प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले आफूले आफैंलाई […]

चितवनमा तीन स्थानमा मतगणना गरिने

चितवन, मंसिर ४ । चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर […]

४९५ सिटका लागि साढे पाँच हजार जना चुनावी प्रतिस्पर्धामा

काठमाडौं । आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्। यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू […]

आम निर्वाचन : देशभर मतदान सुरु

काठमाडौ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश भर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ […]

सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताए

काठमाडौं ३ मंसिर । सरकारले मंसिर ४ गते आइतबार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी […]

शहरी विकासमन्त्री चौधरीलाई २५ हजार र स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार जरिवाना

काठमाडौं, मंसिर ३ । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवाना गराउने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा मन्त्री चौधरीलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै […]

विभिन्न अनलाइन मिडियामा आएका भ्रामक समाचारप्रति कांग्रेस–माओवादीको ध्यानाकर्षण

काठमाडौं, मंसिर ३ । विभिन्न अनलाइन मिडियाको दुरुपयोग गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच फाटो ल्याउने दुराशयले सामाजिक संजालमा प्रकाशित भ्रामक समाचारहरूप्रति कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) को ध्यानाकर्षण भएको जनाएको छ । दुबै पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालका प्रतिष्ठित अनलाइन मिडियामा प्रेषित भ्रामक सूचनाप्रति दुवै पार्टीको गम्भीर […]

असिना नपरेपछि तनहुँमा सुन्तला उत्पादनमा वृद्धि

तनहुँ । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । “गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर […]

बेलहिया सीमामा सुरक्षा कडा, भारतबाट मतदानका लागि आउँदै गरेका नेपाली रोकिए

रुपन्देही । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत […]

चितवनको मुख्य शहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु फेला

भरतपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि […]