काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् ।



उनका निटकतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएर पराजित भएका छन् । सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।


अघिल्लोपटक विवेकशील साझाबाट उमेदवार बनेका मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए । यसपटक राप्रपा प्रवेश गरेर उमेदवार बन्दा पनि उनी १२९ मतले पराजित भएका हुन् ।








