बाजुरामा गोली लागेका एक जनाको मृत्यु

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा विवाद उत्कर्षमा पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। गोली लागेर घाइते भएका अन्दाजी २५ वर्षका सञ्जीव ऐडीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए। कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो। झडपमा सर्वसाधारण र प्रहरीसमेत […]
चितवनमा अपरान्ह ४ बजेसम्म ५७ प्रतिशत मत खस्यो

चितवन, मंसिर ४ । चितवनमा अपरान्ह ४ बजेसम्म करिब ५७ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ । कुनै मतदान स्थलमा ६० प्रतिशतसम्म मत खसेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको जानकारी दिनुभयो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ […]
अनुमान गरेको भन्दा कम मतदान भएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराई

काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाचुनावका लागि मतदान केन्द्रमा योपटक भिडभाड देखिएन । विगतका निर्वाचनमा बिहानैदेखि लामबद्ध भएर बस्ने गरेको भए पनि योपटक त्यस्तो पाइएन । पाँचथरमा दिउँसो २ बजेसम्म ३५ प्रतिशतमात्र मत खसेको थियो । ५० प्रतिशतको हारहारीमामात्र मतदान हुने देखिएको जिल्ला निर्वाचन कार्यालयको अनुमान रहेको छ । अनुमान गरेको भन्दा कम मतदान भएको जिल्ला […]
इलाममा किरियापुत्रीले गरे मतदान

इलाम । प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्। सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उपे्रतीलगायत १० किरियापुत्रीले मतदान गरेको स्थानीय सञ्चारकर्मी विष्णु गड्तौलाले जानकारी दिए। उनीहरूका बुबा देउताराम उप्रेतीको ३ दिनअघि मृत्यु भएको थियो। इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी […]
बाजुराका तीन केन्द्रमा मतदान स्थगित

बाजुरा । विवादका कारण बाजुराका तीनवटा केन्द्रमा मतदान रोकिएको छ । बूढीगंगा नगरपालिका– ८, बूढीनन्दा– ५ र स्वामिकार्तिक खापर गाउँपालिका– ४ को एक–एक गरी तीनवटा केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले जानकारी दिए । दलहरूबीच विवाद उत्पन्न विवादका कारण मतदान प्रक्रिया स्थगित भएको उनले बताए । सहमति गरेर मतदान […]
प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले भनेका छन्,‘ मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा […]
बिनोद चौधरी र देवेन्द्र राज कँडेलले गरे मतदान

परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार बिनोद चौधरी र क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र राज कंडेलले आ-आफ्नो मतदान सुरक्षित गरेका छन । त्यसैगरी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता हृदयेश त्रिपाठीले पनि बिहान १० बजे आफ्नो मतदान केन्द्र जनजागृती मावि गुठीपर्सौनीबाट […]
सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला

काठमाडौ । प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । सुरक्षा प्रमुखहरूले फुलप्रुफ सुरक्षाकाे ब्यवस्था गरिएकाले ढुक्कले मतदान गर्न आह्वान गरेका छन् ।निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ […]
आजै रातिदेखि मतगणना सुरु हुने

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले यस्तो बताएका हुन् । आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले […]
अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ […]
