पोखरा । बाग्लुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले २४ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमेदवार मञ्जु शर्मले २० हजार १८० मत ल्याएकी छन् ।


पौडेल चार हजार ५९९ मतान्तरले निर्वाचित भएका हुन् ।








