बाँके । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५ सय ७३ मतसहित विजयी भए ।



उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए ।










