सप्तरी, मंसिर ७ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन् ।



बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।


राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले१६ हजार ९७८ मत पाए ।








