मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित

काठमाडौं, मंसिर ५ । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन् । योगेश ३९९६ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन् । कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो । तर रोमीले आफूलाई पाएको […]

बैतडी जीप दुर्घटना : मृतक ४ प्रहरीको सनाखत, ७ जनाको अवस्था गम्भीर

बैतडी, मंसिर ५ । बैतडीमा सोमबार बिहान जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको […]

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना, ४ प्रहरीको मृत्यु

बैतडी, मंसिर ५ । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका – ७ थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी […]

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा अघि, एमालेका महेश बस्नेत पछ्याउँदै

भक्तपुर, मंसिर ५ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । उनले २ हजार २२८ मत पाएका छन् । थापाका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुदेखि नै पछ्याइरहेका छन् । उनले १ हजार ६ सय ३० मत प्राप्त […]

चितवनमा मतगणना : सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी

चितवन, मंसिर ५ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान आइतबार सकिए पश्चात सबै मतमेटिका सम्बन्धित क्षेत्रको मतगणना स्थलमा पु¥याइएको छ । आइतबार राति नै मतमेटिका मतगणना स्थलमा पुगेपनि मतगणना भने आजबाट मात्रै हुने भएको छ । सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतहरुको तयारी छ । चितवन क्षेत्र नं १ र २ […]

विश्वकप फुटबल: कतारलाई हराउँदै इक्वेडर विजयी

काठमाडौ । फिफा विश्वकप २०२२ मा आयोजक कतार उद्‌घाटन खेलमा पराजित भएको छ। आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो। इक्वेडरका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनले अग्रता दोब्बर पारे। यस जितसँगै समूह ‘ए’ मा […]

कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान

पोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले सौन्दर्य​ पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाए । कास्कीमा उत्साह जनक रूपमा मतदान सुरु […]

अछाममा ५५ प्रतिशत मत खस्यो

अछाम । अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ। दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए। जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा […]

पुर्वी नवलपरासीमा मतपेटिकामा आगजनी गर्ने प्रकाउ

कावासोती । पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । देबचुली नगरपालिका-४ […]

काठमाडौंमा ५५ प्रतिशत मत खस्यो, मतपेटिका गणनास्थल पुर्‍याइँदै

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ । यहाँका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ । प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको […]