Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १० | बिहान ०७:०८ बजे

भैरहवा । नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो ।

तर, नेपाल र भारतका उड्डयन क्षेत्रका नियामक निकायले निगमलाई अझै उडान अनुमति दिएका छैनन् । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नागरिक उड्डयन महानिर्देशनालय (भारत)सँग उडान रुटको प्रस्ताव पेस गरेको थियो । ‘दुवै देशका नियामक निकायबाट अझै कुनै जवाफ आएको छैन,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘नियमनकारी निकायबाटै उडान अनुमति नपाएपछि भैरहवा उडान तत्काललाई अनिश्चित बनेको छ ।’

arkhala ads

उडान अनुमति नपाएपछि निगमले दिल्ली–भैरहवा–काठमाडौं रुटको टिकट काटेको छैन । अब नियामकबाट अनुमति पाइहाले पनि १२ गते भैरहवामा उडान गर्न कठिन हुने भएकाले उडान नै अनिश्चित भएको उनको भनाइ छ । नयाँ विमानस्थल भएकाले भैरहवाबाट उडान गर्न दुवै देशका नियमनकारी निकायको अनुमति चाहिन्छ । सुरुमा नेपालको निकायले अनुमति दिएपछि बल्ल भारतीय पक्षले अनुमति दिने गर्छ ।

तर, क्यानले नै दिल्ली–भैरहवा–काठमाडौं रुटको उडान अनुमति दिन आनाकानी गरिरहेको छ । क्यानले जिबिआइएबाट यात्रुलाई दिल्ली जान पनि पाउने गरी उडानतालिका बनाउन अनुरोध गरेको छ । काठमाडौंबाट दिल्ली जाने र दिल्लीबाट भैरहवा भएर काठमाडौं फर्किने गरी रुट तय गरेको हुनाले अनुमति नदिएको क्यानको जिकिर छ ।

क्यानले दिल्ली–भैरहवा–दिल्ली वा भैरहवा–दिल्ली–भैरहवा उडान हुने गरी रुट बनाउन अनुरोध गरेको हो । दिल्लीबाट भैरहवा फर्किने मात्र होइन, भैरहवाबाट दिल्ली जाने यात्रुहरू पनि उडान गर्न पाउनुपर्ने क्यानको भनाइ छ । क्यानले भैरहवामा दुईतर्फी उडान गर्ने गरी तालिका बनाउन अनुरोध गरेको निगमकी प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, ‘सायद अब नयाँ तरिकाले वर्कआउट हुन्छ होला ।’

निगमले सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तत्कालका लागि राउन्ड ट्रिप गरे तापनि भोलिका दिनमा भैरहवा–दिल्ली–भैरहवा दुईतर्फी उडान गर्ने योजना निगमले बनाएको प्रवक्ता खड्काले बताइन् ।

यसअघि नै काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट अनिवार्य उडान गर्न क्यानले निर्देशन दिइसकेको छ । क्यानले विन्टर सेड्युल बनाउँदा भैरहवाबाट उडान राख्न निर्देशन दिएको थियो । तर, हिमालय र नेवानिले भैरहवा उडान गर्न नमानेपछि क्यानले अन्तर्राष्ट्रिय उडान नै कटौती गरिदिएको थियो । निगमको भारततर्फ चारवटासहित सातामा १४ उडान कटौती भएको प्रवक्ता खड्काको भनाइ छ ।

हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान सुरु गरिसकेको छ । ‘क्यानले न निगमको दिल्ली–भैरहवा–काठमाडौं उडानको प्रस्ताव स्वीकृत गरेको छ, न कटौती गरिएका उडानहरू खुला गरिदिएको छ,’ निगम स्रोतले भन्यो, ‘काठमाडौं–दिल्ली उडान कटौती हुँदा निगमको सातामा नौ करोडभन्दा बढी आम्दानी गुमिरहेको छ ।’

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved