ताप्लेजुङबाट नेकपा एमालेका सचीव योगेश भट्टराई विजयी

ताप्लेजुङ, मंसिर ७ । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ […]

गुल्मी–२ मा एमालेका गोकर्ण विष्ट निर्वाचित

गुल्मी, मंसिर ७ । गुल्मी २ मा नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका (एस)का रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् ।

राप्रपाले खोल्यो खाता, बाँके २ बाट धवलशमशेर निर्वाचित

बाँके । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५ सय ७३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत […]

ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

ललितपुर, मंसिर ७ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् […]

तनहुँ-१ मा रामचन्द्र पछि परे, एमालेका एकबहादुरले लिए अग्रता

तनहुँ, मंसिर ६ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछाडि परेका छन् । दिउँसो ३ बजे सार्वजनिक ९७५६ मत गणनाअनुसार पौडेल एमालेका एकबहादुर राना भन्दा १३२ मत पछाडि परेका हुन् । एकबहादुरले ३३४२ र पौडेलले ३२१० मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र […]

काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा विजयी

काठमाडौं, मंसिर ६ । काठमाडौं-४ बाट कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी बनेका छन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन् । यद्यपि निर्वाचन आयोगले भने औपचारिक रुपमा मतगणनाको अन्तिम […]

नवलपुर १ मा शशांक कोइरालाको अग्रता कायमै

नवलपुर,मंसिर ६ । नवलपरासी पूर्व १ मा नेपाली कांग्रेसका डा.शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले […]

चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन

चितवन, मंसिर ६ । चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । उनी सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबस बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको […]

काठमाडौ १ मा प्रकाशमान सिंह निर्वाचित

काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएर पराजित भएका छन् । सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका […]

रुपन्देही ३ मा मतगणना सुरु

रुपन्देही, मंसिर ५ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित नमुना उच्च माध्यमिक विद्यालयमा दिउँसो २ बजेदेखि गणना सुरु भएको हो । क्षेत्रको मायादेवी वडा नम्बर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । उनका अनुसार रुपन्देही […]