Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर ११ | बिहान ०८:०८ बजे

कालीकाेट, मंसिर ११ । कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो । प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् ।

arkhala ads

जिल्लामा निर्वाचनको मतगणना सकिएको यसको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए। मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ ।

एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेशसभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार पाँच सय ८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभातर्फ दुई हजार ५६, प्रदेशसभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक हजार दुई ४०, प्रदेशसभामा एक हजार पाँच सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार दुई सय ७३, प्रदेशसभामा एक हजार आठ सय ८२ मत पाएको छ ।

जिल्लामा प्रतिनिधिसभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ छ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा ४६ हजार छ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved