सुनसरी, मंसिर ११ । सुनसरी प्रतिनिधि सभा क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन् ।



राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पार्दै अघि लागेका हुन् । यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन् । उनी हिजो सम्म पनि अग्र स्थानमा थिइन् ।


६६ हजार २५ मत गन्दा अशोककुमार राई चार मतले अगाडि परेका हुन् । अशोककुमारले १३ हजार ८०१ मत पाउँदा गोमाले १३ हजार ७९७ मत पाएका छन् ।








