सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ७५ मतको अग्रता

सुनसरी, मंसिर १० । सुनसरी प्रतिनिधि सभा क्षेत्र नं ४ मा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनले अग्रता लिएका हुन् । कार्कीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैतलाई ७५ मतले पछि पारेका छन् । कार्कीले २१ हजार ६७८ मत पाएका छन् भने कुसियैतले २१ […]

रविको चुनावी खर्च ११ लाख ८१ हजार, कार्यकालभर कुनै पनि सम्मान, पुरस्कार र उपहार ग्रहण नगर्ने

चितवन, मंसिर १० । चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो क्षेत्रका तीन स्थानमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् । निर्वाचित भएपछि लामिछानेले भरतपुरको गेष्ट हाउस चौर, इच्छाकामना र कालिकामा पुगि धन्यवाद सभाको आयोजना गरी मतदाता र समर्थकलाई धन्यवाद दिएका हुन् । उनले आज सामाजिक सञ्जाल […]

नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

भैरहवा । नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तर, नेपाल र भारतका उड्डयन क्षेत्रका नियामक निकायले निगमलाई अझै उडान अनुमति दिएका छैनन् । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नागरिक उड्डयन महानिर्देशनालय […]

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीका जवान घूससहित पक्राउ

परासी, मंसिर १० । सशस्त्र प्रहरीका एक जवान घूससहित पक्राउ परेका छन् ।  सुरक्षा बेसक्याम्प  नवलपरासी, बर्दघाट सुस्ता पश्चिम सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान ७ हजार घूससहित पक्राउ परेका हुन् । महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई […]

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रताकायमै

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ । घण्टी चिह्न […]

नवलपुर २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत 

नवलपुर । नवलपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा एमालेको तीन दशक लामो विरासत भत्काएको छ ।एमालेका तिलकबहादुर महत क्षेत्रीलाई पराजित गर्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका विष्णु कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कार्की निर्वाचित भएसँगै कांग्रेसले एमालेको ३० वर्षे विरासत भत्काएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले ३६ हजार एक […]

गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी

गोरखा ८ मंसिर । गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी भएका छन् । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय […]

बाग्लुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

पोखरा । बाग्लुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले २४ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमेदवार मञ्जु शर्मले २० हजार १८० मत ल्याएकी छन् । पौडेल चार हजार ५९९ मतान्तरले निर्वाचित […]

सप्तरी २ बाट फराकिलो मतान्तरले सीके राउत विजयी

सप्तरी, मंसिर ७ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन् । बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले१६ […]

बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी 

बाग्लुङ, मंसिर ७ । बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसी २१ हजार ४५१ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरेका छन् । पाठकले १८ हजार ८२५ मत प्राप्त गरे । बाग्लुङ १ मा […]