तनहुँमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

तनहुँ। तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका-१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो। दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा […]
कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

कालीकाेट, मंसिर ११ । कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो । प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल […]
समानुपातिकमा कुन दलले कति मत पाए ?

काठमाडौ । प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस अगाडि बढिरहेका बेला समानुपातिकमा नेकपा एमालेले पहिलो स्थान कायमै राखेको छ । जारी मतगणना अनुसार आइतबार बिहानसम्म एमालेले २२ लाख ७५ हजार ६५० मत पाएको छ । दोस्रो स्थानमा कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाएको छ । नेकपा माओवादी केन्द्र ९ लाख ५२ हजार ५०० […]
प्रत्यक्षतर्फ १५४ सिटको टुंगो कसको सिट कति?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० […]
पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालको पेटिमा सुत्दासुत्दै एक ब्यक्तिको निधन

नवलपरासी, मंसिर १० । पश्चिम नवलपरासीको रामग्रामस्थित पृथ्वी चन्द्र अस्पतालको अगाडि रहेको पेटिमा एक अपरिचित ब्यक्तिको निधन भएको छ । त्यहाँ वरिपरि रहेका व्यक्तिहरुका अनुसार त्यो मान्छे शनिबार दिउँसो करिब ११ बजेतिर पेटिमा आएर सुतेको र लगभग ४:३० बजेसम्म जिवित रहेको थियो । त्यस पछि त्यही पेटिमै उनको सास बन्द भएको उनीहरु बताउँछन । अस्पताल […]
रुपन्देहीमा अदालतबाट दोषी ठहर प्रतिबादी २७ वर्षपछि पक्राउ

रुपन्देही, मंसिर १० । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो । २७ वर्षदेखि लुकीछिपी बसिरहेका पुजारी थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ […]
प्रदेश सभामा कांग्रेसको पहिलो, अन्यकाे कति ?

बुटवल । कांग्रेसले प्रदेश सभाको प्रत्यक्षमा शतक सिट हासिल गरेको छ। सातवटै प्रदेशमा प्रत्यक्षतर्फ ३०३ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेस १०२ सिटमा जित निकाल्दै पहिलो बनेको छ। कांग्रेस पाँच क्षेत्रको मतगणनामा अगाडि छ। एमालेले ८३ सिट सुरक्षित गरेको छ भने ६ क्षेत्रमा अग्रता कायम गरेको छ। माओवादीले ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एकीकृत समाजवादीले १३ […]
नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्रले तेस्रो स्थान बनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ चौथो स्थानमा पुगेको छ । पछिल्लो मतगणना विवरणअनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा […]
वरिष्ठ अभिनेता विक्रम गोखलेको निधन

काठमाडौं । वरिष्ठ चलचित्र तथा टेलिभिजन अभिनेता विक्रम गोखलेको निधन भएको छ । ७७ वर्षीय अभिनेताले आज पुनेको ‘दीनानाथ मंगेशकर अस्पताल’ मा अन्तिम सास लिएका हुन। गोखलेको नोभेम्बर ५ देखि नै दीनानाथ अस्पतालमा उपचार भइरहेको र ‘मल्टी अर्ग्यान फेलियर’ का कारण निधन भएको भारतीय मिडियाहरुले बताएको छ। मिडियाका अनुसार उनको पार्थिव शरीरलाई बाल गन्धर्व रंग […]
रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी

रुपन्देही, मंसिर १० । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोरा निर्वाचित भएका छन् । बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २६४२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत प्राप्त […]
