काठमाडौं, मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।



निर्वाचनपछि ‘फ्रेस’ हुन प्रचण्ड परिवारका सदस्यहरूसहित सुकुटे पुगेका हुन् । उनीसँग सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायतले भोटेकोसी नदीमा र्याफ्टिङ गरेका छन् ।


प्रचण्ड बिगतमा पनि आरामका लागि सुकुटे जाने गर्थे ।








