Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रुपन्देहीमा प्रत्यक्षतर्फ दुई सिट मात्रै जितेको कांग्रेस समानुपातिकतर्फमा पहिलो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १४ | बिहान ०८:०८ बजे

रुपन्देही । रुपन्देहीका ५ प्रतिनिधि सभा र १० प्रदेश सभामध्ये २ प्रदेश सभामा मात्रै जीत निकालेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने जिल्लामा पहिलो दल बनेको छ । १० वटा प्रदेश सभा क्षेत्रमध्ये दुई वटामा मात्र विजयी भएको कांग्रेसले जिल्लामा समानुपातिकतर्फ सबैभन्दा बढी ९१ हजार ५३४ मत ल्याएको हो ।

यस्तै नेकपा एमालेले ७८ हजार ३४९ मत पाएर दोस्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६६ हजार १६९ मतका साथ तेस्रो स्थानमा रहेको छ । जनमत पार्टीको ३७ हजार ३२ मत आएको छ । लोसपाले ३१ हजार १९० मत पाउँदा राप्रपाको २९ हजार ३ मत आएको छ । माओवादी केन्द्रले १५ हजार १२१ मत मात्र पाएको छ । एकीकृत समाजवादीले ३ हजार ५५ मत ल्याएको छ ।

arkhala ads

क्षेत्रगत हिसावमा समानुपातिकतर्फ रुपन्देही २ र ५ मा एमालेका मतदाता बढी देखिएका छन् । यी दुवै क्षेत्रमा एमालेकै उम्मेदवार विष्णु पौडेल र बासुदेव घिमिरे विजयी भएका छन् । ४ नम्बर क्षेत्रमा लोसपाले बढी मत पाउँदा प्रत्यक्षतर्फ सो पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । यस्तै रुपन्देही १ र ३ मा कांग्रेसको बढी मत आएको छ । १ नम्बर क्षेत्रमा प्रत्यक्ष तर्फ कांग्रेसका उम्मेदवार थिएनन् ।

यो क्षेत्रमा एमालेका छबिलाल विश्वकर्माले गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका थिए । ३ नम्बर क्षेत्रमा काँग्रेसका बालकृष्ण खाँणलाई पराजित गरी राप्रपाका दीपक बोहोरा विजयी भएका हुन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved