हातमा खुकुरी लिएर प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी (तस्बिरहरु)

काठमाडौं, मंसिर १२ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजरसहित करिब ३०० नगर प्रहरी परिचालन गरेपछि त्यहाँका स्थानीयहरु प्रतिकारमा उत्रिएका छन् । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि स्थानीयले खुकुरी, इँटा र ढुंगासहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । उनीहरुको ढुंगा प्रहारबाट करिब २५ नगर […]
प्रधानमन्त्री देउवासँग बालुवाटारमा प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सोमबार बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उनीहरुले अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को गरिरहेका छन् । शनिबार […]
आज बाजुराका विद्यार्थी नेता अयडीको शव ९ दिनपछि उठाइने

बाजुरा । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव बिहान ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव […]
नेपाल बैंक बुटवल चौराहा शाखाको उद्घाटन

बुटवल । नेपाल बैंकले रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका – ९ स्थित चौराहामा नयाँ शाखा उद्घाटन गरेको छ। बैकको सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति जनाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष […]
स्वतन्त्र पार्टीकी गोमालाई हराउँदै सुनसरी – १ बाट जसपाका अशोककुमार राई निर्वाचित

सुनसरी, मंसिर १२ । सुनसरी – १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राई निर्वाचित भएका छन् । राईले १७ हजार ५९ मतसहित निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १६ हजार ६०६ मत ल्याएकी छन् । उनीहरुबीच जम्मा ४५३ को मतान्तर रहेको छ ।
ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान सिंह

काठमाडौँ, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न आइतबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए । ‘बालकोटमा भेटघाट […]
मोरङ ३ बाट निर्वाचित सुनिल शर्माले सुरू गरे निःशुल्क उपचारका लागि ५० शय्याको क्याबिन

मोरङ, मंसिर ११ । मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्माले जितलगत्तै मतदातामाझ गरेको वाचा पूरा गर्न एक्सनमा उत्रिएका छन् । निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा शर्माले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन […]
सुनसरी-१ मा गोमालाई पछि पार्दै अघि लागे अशोक राई

सुनसरी, मंसिर ११ । सुनसरी प्रतिनिधि सभा क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन् । राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पार्दै अघि लागेका हुन् । यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन् । उनी हिजो सम्म पनि अग्र स्थानमा थिइन् । ६६ हजार २५ मत गन्दा अशोककुमार राई […]
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागि

चितवन, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागि भएको छ । भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगलागि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट कार्यालय भित्र रहेका केही फर्निचरका सामाग्रीहरु कुर्चि, झण्डा जलेका छन् । बाहिर ढोकामा चाबी लागिरहेको अवस्थामा भित्रका केही सामानहरु जलेको प्रहरीको भनाई छ ।
सत्ता समीकरणकाे रस्साकस्सी सुरु, भारतीय राजदूतले ओलीलाई पनि भेट्दै

काठमाडौ । प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धन सत्ता समीकरणको आन्तरिक गृहकार्यमा जुटेका छन् । सत्ता समीकरणको छलफलका लागि गबठन्धनका पाँच दलहरूबीच बैठकको तयारी भइरहेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि पाँचदलीय गठबन्धनको बैठकको तयारी भएको हो ।अहिलेकै सत्ता गठबन्धनलाई कायम राख्न प्रचण्ड र एकीकृत […]
