विश्वकप फुटबल: दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं, मंसिर २८ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने भएका छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो। मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो […]
क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ, मंसिर २८ । लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर […]
वामपन्थीहरू सरकार बाहिर रहने सम्भावना

काठमाडौ । सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ । गठबन्धन दलहरूका लागि सरकार गठनमा बहुमत नपुग्ने र नेपाली कांग्रेसले साना दलहरूलाई समेटेर वामपन्थीहरूलाई बाहिर राखी सरकार गठन गर्न सक्ने अंक गणित बनेपछि गठबन्धन टुट्ने सम्भावना रहेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे […]
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडाेरको बाग्लुङ–हर्मिचौर खण्ड कालोपत्रे सुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ। बाग्लुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रे गर्न लागिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले जनाएको छ। बाग्लुङ नगरपालिका– १ मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलदेखि हर्मिचौरसम्मको ४४ किलोमिटर […]
नेत्र किक्रम चन्द ‘विप्लव’ले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं, मंसिर २७ । विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलवार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ । ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता […]
इलाम क्षेत्र – १ मा पुन: मतदानको माग गर्दै, खनालद्वारा सर्वोच्चमा रिट

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै मंगलबार रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी […]
थारु र मुस्लिमलाई मधेशीबाट हटाउने मधेशी आयोगको निर्णय

काठमाडौ । मधेशी आयोगले थारु र मुस्लिम लाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ । आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा: विजयकुमार दत्तले बताएका छन् । मधेशी आयोगले गरेको […]
नवलपुर हुप्सेकोटकी प्रमुख लक्ष्मी पाण्डे बनिन् गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो । स्थानीय तहमा सबै भन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष […]
सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

काठमाडौं । नेवाः विद्यार्थी युनियनको विशेष सक्रियतामा ४२ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपाल भाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका […]
एमालेले एक लाख डलरमा क्रिश्चियन प्रचारक एकनाथ ढकाललाई सांसद बनाईदै

तत्कालीन प्रधानमन्त्री ओलीसँग आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न आग्रह गर्दै एकनाथ ढकाल, त्यस समयमा एकनाथ ढकालको परिवार दलले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेप हुने कुरालाई नकार्न सकिँदैन। मंसिर ४ गते भएको निर्वाचनमा पनि विभिन्न शक्ति राष्ट्रहरुले प्रभाव पार्न खोजेको भन्दै राजनीतिक वृतमा चर्चा भइरहेको छ […]
