रुपन्देही, मंसिर १० । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।



बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २६४२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।


उनले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।








