काठमाडौं, मंसिर ६ । काठमाडौं-४ बाट कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी बनेका छन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गरेका छन् ।



उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन् । यद्यपि निर्वाचन आयोगले भने औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन थापा मतगणनास्थलमा आएका छन् ।


अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई हराउँदै गगन विजयी भएका थिए । गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् ।








