Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर ६ | बिहान ०८:०८ बजे

चितवन, मंसिर ६ । चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

उनी सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबस बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा ठोक्किएको थियो । बसले च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

arkhala ads

विश्वकर्माको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उनी लामो समयदेखि चितवनको रेडियो चितवन र कालिका एफएममा कार्यरत थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उनको कार्यक्रम प्रशारण हुने गर्छ ।

उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्यसमेत थिए । राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामले घटनाप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved