परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार बिनोद चौधरी र क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र राज कंडेलले आ-आफ्नो मतदान सुरक्षित गरेका छन ।



त्यसैगरी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता हृदयेश त्रिपाठीले पनि बिहान १० बजे आफ्नो मतदान केन्द्र जनजागृती मावि गुठीपर्सौनीबाट मतदान गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विनोद चौधरी रहेका छन् ।










