आज कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी […]
बारामा गठबन्धन दलका भातृसंगठन एक भएर जाने

बारा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् । विहिबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण दल बारा, युवा संघ नेपाल, वाईसिएल नेपाल र लोकतान्त्रिक युवा संघ नेपाल बाराले निर्वाचनमा एक भएर जाने र आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय […]
गृहमन्त्री बालकृष्ण खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए। […]
परासीमा अबैध चिनि बरामद

परासी । पश्चिम नवलपरासीमा भन्सार छली ल्याईएको लाखौ मूल्य बराबरको चिनी बेवारिसे अबस्थामा प्रहरीले फेला परेको छ । बुधबार बिहान १०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्र.नि. मेघनाथ चापागाँईको कमाण्डमा खटिगएको गस्ती टोलीले सरावल गाउँपालिका – ४ बडसारेस्थित अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा रहेको चिनी […]
प्रहरीद्वारा हराएको मोटरसाइकल फेला पारी सवारी धनीलाई हस्तान्तरण

परासीमा अबैध लागुऔषधसहित एक जना पक्राउ परासी । पश्चिम नवलपरासीमा लागुऔषधसहित एक पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम- १८ धर्मपुर बस्ने बर्ष अं.२९ को दानेल गैरे रहेको छ । उनलाई बुधबार पक्राउ गरिएको हो । प्रहरीले विशेष सुचनाको आधारमा निजको घर कोठामा रितपुर्वक खानतालसी गर्दा निजको कोठा भित्र तल्ला माथि कालो प्लाष्टिकमा १४३ क्याप्सुल […]
राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आएका छन् । यही असोज २८ गते शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उनले प्रतियोगिताको उद्घाटन गर्नेछन् । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उपराष्ट्रपतिको पोखरा आगमनसँगै […]
कांग्रेसका बागी उम्मेदवारलाई ३१ असोजसम्मको समय थप, फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले […]
आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई गर्न आयोगको निर्देशन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुलाई आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो । कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन २०७३ बजोजिम आयोग […]
सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार हुदै

काठमाडौं, असोज २७ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने […]
सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिँदै

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत […]
