नौ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन । उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार […]
कोइराला र बुर्लाकोटी पाँच वर्षका लागि कांग्रेसबाट निष्काशन

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पाँच वर्षका लागि पार्टीबाट निश्कासित भएका छन् । चितवन क्षेत्र नं.३ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता नलिएपछि पार्टीले पाँच वर्षका लागि निश्कासन गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको जानकारी दिएका […]
निर्वाचनका कारण नायक पल शाहको पेसी स्थगित

काठमाडौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ। तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। यसअघि शाहविरुद्धको सुनुवाइ भदौ […]
सुस्ताको – २ वडा कार्यालयद्वारा वडामा हिउदे बालीकाे तथ्यांक लिने कार्य सुरु

शुकदेव गुप्ता सुस्ता । पस्चिम नवलपरासी सुस्ता- २ वडा कार्यालयद्वारा वडामा हिउदे बालीकाे तथ्यांक लिने कार्य सुरु गरेकाे छ।यस कार्यक्रमले वडा भित्र हिउदमा कुन-कुन बाली कति क्षेत्रफलमा लाग्ने बिवरण बन्ने छ। यसबाट कृषकहरुकाे लागी रणनितिक याेजना बनाउन तथा लागत घटाएर उत्पादनमा ठुलाे सहयाेग हुने छ। आ.व.७९/८०मा वडा कार्यालयले केहि याेजना बनाउने र गा.पा. तथा अन्य […]
अन्ततः हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

परासी । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको छ । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । नवलपरासी-१ मा नेपाली कांग्रेसका […]
जनता समाजवादी पार्टीद्धारा विजयनगरमा पार्टी कार्यालय उद्घाटन

विजयनगर । जनता समाजवादी पार्टी नेपालले विजयनगर ६ खडैचामा पार्टी कार्यालय उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका वीच जनता समाजवादी पार्टी नेपालले पार्टी कार्यालय उद्घाटन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नविन सुनुवारको प्रमुख आतिथ्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुनुवाइरले काँग्रेस, कम्युनिष्ट […]
पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

गाेरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ। सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए। यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ […]
प्रधानमन्त्री कार्यालयको दबाबमा आठ ट्रक सुपारी छाडियो

काठमाडौ । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न […]
भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने

नयाँ दिल्ली । भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्ने भएका छन्। वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन्। उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्ने भएका हुन्। उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ । केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता […]
आज पनि यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग […]
