सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं, असोज २५ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उपचाररत किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेको जनाएको छ । अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अझै आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको […]
हेटौँडामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटाैँडा १७ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । […]
काठमाडौँ उपत्यका झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गए

काठमाडौं १६ असोज । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा […]
जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष

काठमाडौं १५ असोज । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ। शनिबार बसेको बैठकले अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ । बैठकले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ। प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा […]
काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन

काठमाडौं १५ असोज । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध […]
चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने

काठमाडौँ १५ असोज । चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने बताएका छन् । नाबालिकामाथि बलात्कारको आरोप खेपिरहेका लामिछाने केही समयदेखि विदेशमा छन् । उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी काटिसकेको अवस्थामा उनी आफैले प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन । आफ्नो फेसबुकमार्फत उनले […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस

काठमाडौँ १५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम […]
हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी

काठमाडौ १५ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौ बाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी […]
पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १५ असोज । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण […]
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए

काठमाडौँ १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण […]
