परासी । पश्चिम नवलपरासीमा भन्सार छली ल्याईएको लाखौ मूल्य बराबरको चिनी बेवारिसे अबस्थामा प्रहरीले फेला परेको छ ।



बुधबार बिहान १०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्र.नि. मेघनाथ चापागाँईको कमाण्डमा खटिगएको गस्ती टोलीले सरावल गाउँपालिका – ४ बडसारेस्थित अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा रहेको चिनी प्रहरीले बरामद गरेको हो ।


उक्त चिनीको मुल्य अन्दाजी रु. १,९५,०००/-अक्षेरुपी एक लाख पन्चनब्बे रुपियाँ बराबरको ६० बोरा चिनी (३,००० के.जी.) रहेको छ । उक्त अबैध चिनि बरामद गरि थप अनुसन्धानको लागी आबश्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।








