वीरगंज, २८ असोज । श्रिसिया नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा, जुत्ता चप्पल, हार्डवयर लगायतको तस्करी व्यापक रुपमा शुरु भएको छ ।



नेपालको मुख्य नाका भन्दा करिब १ देखि २ किलोमिटरको दूरीमा श्रिसिया नाका रहेको छ । श्रिसिया नाकाको मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ । मुख्य नाकासँग जोडिएको श्रिसिया नाका आफैमा संवेदनशील क्षेत्र हो । मुख्य नाकाको जिम्मा सशस्त्र प्रहरीको हो । सशस्त्र प्रहरी तस्करहरुसित आर्थिक प्रलोभनमा परी तस्करहरुलाई व्यापक रुपमा तस्करीको लाईन खोलिदिएको छ । सिमानाका पहिलो फेजमा श्रिसिया नाकामा सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी बल बिओपी ड्राईपोर्टको संयुक्त टोली डिप्टी खटिएको हुन्छ ।


नेपाल र भारतको खुल्ला सिमानाका रहेको हुनाले सशस्त्र प्रहरीले सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु रक्सौलबाट आफ्नो घरयासी प्रयोजन र पसलका लागि सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्साका एक व्यापारी गुनासो गरे ।
सशस्त्र प्रहरीको मिलोमतोमा ड्युटी अगाडिबाट मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा, हार्डवेयर, जुता चप्पल र हण्डी कारोबार, बिष्पोटक पटका र रजनिगंधा लगायतको सामानहरु भारतबाट नेपाल तर्फ दिनहुँ लाखौं रुपैयाको राजस्व छलि तस्करहरुले भित्राईरहेका छन् ।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख ठाडा मगर र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले सिमानाकामा रहेका बिओपी पतिहरुलाई तस्करीमा कडाई गर्ने पटकपटक निर्देशन दिदै आएपनि सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी वल बिओपी ड्राईपोर्टका सेटिङ्गमा रातभरी तस्करी भईरहदा पनि द्वयप्रमुखहरु चुप लागेर बसेपछि शंकाको बिषय बनेको छ ।
श्रिसिया र ड्राईपोर्ट बिओपीका बिओपी प्रमुखहरु आएको दिन देखिनै सशस्त्र प्रहरीको डिप्टि अगाडीको बाटो भई छपकैया र श्रिसिया गाऊको बाटो भई दिनरात ठुलो मात्रामा तस्करको समुहहरुले अवैध रुपमा राजस्व छल गरि ४ जना तस्करको समुहले १० देखि २० वटा मोटरसाइकलमा कपडा लोड गरि भित्राईरहेका छन् । भने ३० देखि ४० वटाको हाराहरिमा साईकल प्रयोग गरी सो नाकाबाट भित्राई श्रिसिया गाऊमा स्टोक गरि वीरगंजको विभिन्न ट्रान्सपोर्टसम्म पुर्याउने गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीद्वय बिओपी पतिहरु आएको दिन देखिनै विभिन्न समाचार, पत्रपत्रिका, टेलिभिजनहरुमा समाचार अाएपनि अहिलेसम्म न तस्करी रोकेको छ न कुनै किसिमको विभागले कारबाहि नै गरेको छ । यसले स्पष्ट बुझिन्छ कि साना हाकिम देखि ठुला हाकिमहरुको संरक्षणमा तस्करी भईरहेको छ ।
सशस्त्र प्रहरी हेडक्वाटरको अनुगमन टोली पर्सामा
आएपनि यि नाकाहरु रातभरि तस्करी भई रहन्छ । यसले प्रमाणित हुन्छ कि अनुगमन टोली दशै र तिहारको लागि तस्करहरुसँग पैसा असुल्ने ब्यस्त रहेको छ । यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।








