Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पत्रकार आचारसंहिताविपरीत दल र उम्मेदवार बारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज २८ | मध्यान्ह ०८:०६ बजे

काठमाडाैं, असाेज २८ । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।’

arkhala ads

‘समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगतबाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मतआह्वान गर्ने, राजनीतिक दल एवं उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालसमेतबाट पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिताविपरीत हुने हुँदा सञ्चारमाध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्न/नगराउन अपिल गरिन्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न/नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्री प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यस्तै कुनै सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चारमाध्यम तथा पत्रकारले पत्रकार आचारसंहिताविपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचारसंहिता पालना भए/नभएको विषयमा सूक्ष्मरूपमा अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved