Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज २९ | बिहान ०७:०६ बजे

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे। लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई टेलिफोन गरेर कांग्रेसका तीन मन्त्रीलाई हटाउन निर्देशन दिए।

अध्यक्ष यादवको निर्देशन स्विकार्दै राउतले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई राजीनामा दिन आग्रह गरे। राजीनामा नगरे पदमुक्त गर्ने चेतावनी पनि दिइयो। तर यादव, शर्मा र सिंह राजीनामा गर्न तयार देखिएनन्। अन्ततः शुक्रबार मुख्यमन्त्री राउतले उनीहरूलाई पदमुक्त गरे।

arkhala ads

मुख्यमन्त्री राउतको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै मन्त्रीलाई पदमुक्त गरेका थिए। केन्द्रमा प्रधानमन्त्री देउवाले झै खाली भएका मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन्। तर मुख्यमन्त्री राउतले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मन्त्रीहरूलाई भने सरकारबाट हटाएनन्।

मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री, रुबी कर्ण सञ्चार राज्यमन्त्री छन् भने नेकपा एसबाट शत्रुधन महतो उद्योग, पर्यटन तथा वनमन्त्री, नागेन्द्र राय यादव राज्यमन्त्री तथा प्रमोदकुमार यादव कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री छन्।

जसपाका प्रवक्ता मनीष सुमनले क्रियाको प्रतिक्रियास्वरूप मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूलाई हटाइएको बताए। ‘केन्द्रमा कांग्रेसले हामीप्रति जस्तो व्यवहार गर्‍यो, मधेस सरकारमा हामीले त्यस्तै व्यवहार गरेका हौं,’ सुमनले भने, ‘केन्द्रमा हाम्रा मन्त्रीहरूलाई बर्खास्त गरिएकोमा यसको सबै दोष हामीले प्रधानमन्त्री देउवाको मात्र देखेका छौं।’ केन्द्रमा जसपाका मन्त्रीहरू बर्खास्त गरिनुमा माओवादी केन्द्र र नेकपा एसको कुनै हात नरहेको निष्कर्ष जसपाले निकालेको सुमनले बताए। ‘अझै पनि हामी माओवादी केन्द्र र नेकपा एससँग मिल्न सक्छौं। त्यो सम्भावना कायम राखेर नै हामीले मधेस सरकारबाट ती दलका मन्त्रीहरूलाई नहटाएका हौं,’ सुमनले भने।

केन्द्र सरकारबाट जसपाका मन्त्रीहरूलाई हटाउनु प्रधानमन्त्रीको अपरिपक्व निर्णय भएको उनको भनाइ छ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ मा माओवादीको भोट आकर्षित गर्न वा माओवादीको सहानुभूति लिन मधेस सरकारमा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूलाई नहटाएका हुन्। सप्तरी–२ बाट उम्मेदवारी दिएका जसपा अध्यक्ष यादव अहिले ‘रेडजोन’मा छन्। त्यस क्षेत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उम्मेदवारी दिएका छन्।

सप्तरीका दुईवटा पालिकामा जनमत पार्टी विजयी भएको छ। त्यसैले सप्तरीमा जनमत पार्टीको पनि बलियो पकड छ। ‘त्यसैले सप्तरी–२ मा माओवादी केन्द्रको भोट निर्णायक मानिन्छ। पार्टी अध्यक्ष यादवले माओवादी केन्द्रको भोट लिन माओवादी केन्द्र र नेकपा एसलाई सरकारमै निरन्तरता दिएका हुन्,’ स्रोतले भन्यो।

२०७४ सालको निर्वाचनमा पनि जयप्रकाशले त्यहीँबाट उम्मेदवारी दिएका थिए। त्यसबेला उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। अहिले भने उनी लोसपाका मात्र उम्मेदवार छैनन्, सत्तारूढ गठबन्धनको समेत उनलाई समर्थन छ।

यादवका निकट कार्यकर्ताहरू भने सप्तरी–२ मा माओवादीले यादवलाई सहयोग गर्ने आशा गरेका छन्। पछिल्लो समय जसपा अध्यक्ष यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राम्रो सम्बन्ध छ। जसपा विभाजन हुने बेला दाहालले यादवलाई सक्रियतापूर्वक साथ दिएका थिए। त्यो साथ चुनावमा पनि कायम रहने यादवनिकट नेताकार्यकर्ताको विश्वास छ। समर्थन लिने मनशायका साथ अध्यक्ष यादवले सार्वजनिक रूपमा माओवादीको आलोचना पनि गर्दैनन्। श्रोत नागरिक न्युज

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved