नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी समूह विजेता

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा बाग्मती प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार सम्पन्न खेलमा गण्डकीले वागमतीलाई ३-१ सेटमा हरायो । हारका बावजुद पनि समूह डीमा दुई टिम मात्रै भएकाले वागमतीले क्वार्टरफाइनलमा स्थान भने पक्का गरिसकेको छ । आज भएको खेलमा गण्डकी र वागमतीले […]

पत्रकार आचारसंहिताविपरीत दल र उम्मेदवार बारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

काठमाडाैं, असाेज २८ । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय […]

 सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या

बिराटनगर । मधेस प्रदेशको सिरहाबाट अपहरण गरि प्रदेश एकको राजधानी बिराटनगरमा लागि हत्या गरेको युवकको शव फेला परेको छ । फिरौती रकमका लागि मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ। फिरौती रकमका लागि २३ असोजदेखी सिरहाबाट अपहरण गरिएका सिरहा जिल्लाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको विराटनगर […]

छपकैया, श्रिसिया नाकाबाट सशस्त्रको मिलिमतोमा तस्करी : तस्करीको रकमले बिअोपी मालामाल, राजस्व कंगाल

वीरगंज, २८ असोज । श्रिसिया नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा, जुत्ता चप्पल, हार्डवयर लगायतको तस्करी व्यापक रुपमा शुरु भएको छ । नेपालको मुख्य नाका भन्दा करिब १ देखि २ किलोमिटरको दूरीमा श्रिसिया नाका रहेको छ । श्रिसिया नाकाको मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ । मुख्य नाकासँग जोडिएको श्रिसिया नाका आफैमा संवेदनशील क्षेत्र […]

नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप रोकिएन

परासी । पश्चिम नवलपरासीमा दुर्गापुजाको प्रसाद खाएर गाउँ नै बिरामी परेको पश्चिम नवलपरासीको रामग्राम- १८ पम्फापुर गाउँमा फैलिएको झाडापखालाका बिरामी दैनिक बढेर प्रकोपको रुप फैलिएको छ । बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् । प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले […]

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

अमेरिका । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन् । भेटघाटका […]

यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि सुरु

बुटवल, असोज २८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला, […]

गण्डकीका मुख्यमन्त्रीसहित ८ मन्त्रीले पाएनन् टिकट

काठमाडौ । आसन्न निर्वाचनमा गण्डकी सरकारका मुख्यमन्त्रीसहित ८ जना मन्त्री उम्मेदवार नै बन्न पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ८ मन्त्रीले गठबन्धनबाट टिकट पाउनै सकेनन् । दुई जना मन्त्रीले बागी उम्मेदवारी दिए पनि पार्टी निर्णयका कारण ‘ब्याक’ भए । मुख्यमन्त्री पोखरेलले कांग्रेस नेता शशांक कोइरालाका लागि क्षेत्र खाली गराउँदा उम्मेदवार बन्न वञ्चित भए । प्रतिनिधिसभा […]

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

काठमाडौ । अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन […]

आजबाट पोखरामा नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु हुँदै

पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा  विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ […]