Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रुपन्देहीका ज्ञानबहादुर थापा मगरलाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ३० | मध्यान्ह ०७:०६ बजे

बुटवल, असोज ३० । रुपन्देहीको देवदह नगरपालिका- ५ एकता टोल निवासी ज्ञानबहादुर थापा मगरलाई औषधि उपचार खर्चको लागि सहयोग रकम प्रदान गरिएको छ ।

जन्म घर रुपन्देही देवदह नगरपालिका -७ शितलनगर निवासी, हाल कर्मथलो दक्षिण कोरियामा कार्यरत एवम मगर संसार फोटो ग्यालरी ग्रुप पेजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष पहलमा संकलित रकम रु.२७,२०५/- अक्षरुपी सत्ताईस हजार दुई सय पाँच रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ ।

arkhala ads

पैतिस बर्षिय ज्ञानबहादुर थापा मगर बिगत केही महिना अगाडि रुखबाट लडेर सख्त घाईते भएका थिए । घाइते मगरको उपचार प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा भएको थियो । उपचार पश्चातपछि औषधि उपचार निरन्तर गरिरहनु पर्ने भएकोले आर्थिक समस्याले राम्रो संग औषधि उपचार गर्न समस्या परेपछि थप उपचारको लागि मगर संसार फोटो ग्यालरीका एडमिन नबिना पुन मगर र देवदहका मगर अगुवाईहरूको उपस्थितिमा सहयोग रकम संकलन गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीले स्थापना कालदेखि बिभिन्न रचनात्मक काम सँगै बिभिन्न अनलाईन प्रतियोगिता,भाषा क्लास, उद्वघोषक तालिम र बापा मापा तालिम गर्दै आईरहेको छ । यस मगर संसार फोटो ग्यालरीमार्फत अहिलेसम्म १२८ जना दिनदुखी, गरीब, अशक्त र निम्न बर्गीय बिरामीलाई करोडौँ रकम सहयोग गरी सकेको यस ग्रुपका सस्थापक अध्यक्ष एवम समाजसेवी र सामाजिक अभियान्ता अनिल लामिछाने मगरले बुलिङटार प्रेसलाई जानकारी दिनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved