प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु

काठमाडौं २९ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, […]
जसपा–लोसपालाई बागी उम्मेदवारको चुनौती

के भन्छन् जसपा–लोसपाका विद्रोहीहरू ? काठमाडौ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मुख्य दुईटा गठबन्धन मैदानमा उत्रेका छन् । लोसपासहित चार दलको सत्ता गठबन्धन र एमाले–जनता समाजवादी पार्टीलगायतको अर्को गठबन्धन चुनावी मैदानमा छन् । यसरी गठबन्धन बनाएर नै चुनावमा गएपछि विभिन्न दलबाट विद्रोही उम्मेदवारहरू पनि देखिएका छन् । टिकट नपाएकाहरू स्वतन्त्र […]
तिनाउ नदीले बगाउँदा बुटवलमा एक पुरूष बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल-११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल रहेको छ । नदीले बगाउँदा बेपत्ता भएका उनकाे खाेजी भइरहेकाे बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज रानाले जानकारी दिए । उनका […]
नवलपुरकी मनकुमारी महिलाका रुपमै दुबई पुगेकी विमानस्थलमा अचानक पुरुष भएपछि….

कावासोती । नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि अचानक पुरुष बनिन् । जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् । दुबई बिमानस्थलमा पुगेपछि अचानक पुरुष बनेपछि उनी छाँगाबाट खसे जस्तै भयो । उनी वैदेशिक रोजगारीका लागि भिजिट […]
आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने तयारी

बुटवल, असोज २९ । निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको शुक्रबार बसेको बैठकले पूर्ण प्रेस […]
डा: गोविन्द केसीसँगको सहमति मन्त्रिपरिषद्द्वारा अनुमोदन

काठमाडौं, असोज २९ । सरकारले प्राध्यापक डा गोविन्द केसीसँग असोज ८ गते भएको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डा। केसीसँग गरेको सहमति अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । यस्तै, सरकारले विदेशी लगानीको […]
रामेछापमा मोहन कार्कीलाई जिताउन युवाहरुको जोड

रामेछाप । रामेछाप जिल्लामा यतिवेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर, विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लियर युवापुस्तालाई निरास पारेको हुनाले रामेछापमा सवैभन्दा सर्घषवाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्धारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै […]
मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे। लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई टेलिफोन गरेर कांग्रेसका तीन मन्त्रीलाई हटाउन निर्देशन दिए। अध्यक्ष यादवको निर्देशन स्विकार्दै राउतले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री […]
उपत्यकामा ६१० सवारी साधन कारबाहीमा

काठमाडौं । सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई शुक्रबार कारबाही गरिएको छ। यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले एक सूचना जारी गर्दै जनाएको छ । शुक्रबार गरिएको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा […]
आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा […]
