भरतपुर । चितवन १ मा बागी उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।



उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उनले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।


उनले आफूलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको समेत उल्लेख गरेका छन् । उनले कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्नेसमेत बताएका छन् ।









