Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिरहामा प्रहरीद्वारा महिलामाथि अमानवीय तरिकाले कुटपिट, स्थानीयले गरे चक्का जाम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ३१ | मध्यान्ह ०३:०६ बजे

सुरेश राय
सिरहा, ३१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयले नारा जुलुससहित चक्का जाम गरेको छ ।

मिर्चैया नगरपालिका- १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्का जाम गरेको हो ।

arkhala ads

स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजामसहित ईलाका प्रहरी घेराउ गरी चर्का नारा लगाएका थिए । प्रहरीले चक्का जाम खुलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ । सो क्रममा प्रहरी तर्फपनि करिव आधा दर्जन घाइते भएका छन् । एकजना प्रहरीको टाउको फूटेकाले उनको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरी ओलीले जानकारी दिए ।

मिर्चैया नगरपालिका- १ रामपुरविर्ताकी ६२ बर्षिय गुबदीदेवी साह हलुईको शव यहि असोज १५ गते कर्जन्हा नगरपालिका – ११ भलुखोलाको छेउको उखु घारीमा भेटिएको थियो । उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ ।

अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलीपल्ट बुहारी जीवछी र उनकी छोरी (आमाजु दिदी) ललिता खोज्न जाँदा आफ्नै खेत नजीकैको उखुवारीमा मृत भेटिएको थियो । ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरीकैमा राती बस्यो होला भन्ने सोचेर भोलीपल्ट विहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि जीवछी र ललिता खोज्न गएको बताइएको छ ।

पोष्टमार्टमपछि उनको दाहसंस्कार गरी तेह्र दिनको किरिया सकियपछि सोहि घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिवछीदेवी साहलाई शुक्रबार ईलाका प्रहरी कार्यालय मिर्चैया ल्याईएको थियोे । ईलाका प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथी अनैतिक तरिकाले कुटपीट गरेको आरोप लगाएको छ ।

जीबछिलाई लगेकै राति देखि प्रहरीले पाईपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईपले हानेको बताए । उनले भने, ‘पाइपले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाईपले कति हाने त्यसको गन्ति नै छैन ।’

उनको शरिरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम अझै देखिएको स्थानीय गंगाराम साहले बताए । उनले भने, ‘यहि असोज १५ गते लाश भेटियो, पोष्टमार्टम पछि दाहसंस्कार भयो र १३ दिनको काम सकिएपछि बुहारीलाई शनिबार प्रहरीले पक्राउ गरी ल्यायो, मरणासन्न अवस्थामा पुर्याएको छ ।’

प्रहरीले अनुसन्धानको नाममा यसरी महिलालाई अमानवीय तरिकाले कुटपीट गर्न पाइन्छ ? भन्दै प्रतिप्रश्न गरे । साहले भने ‘यसरी महिलालाई थुतुना, अनुहार र शरीरको विभिन्न भागमा अझै निलडाम देखिनेगरी कुटपीट गर्ने प्रहरी अधिकारीमाथि कार्वाही हुनुपर्छ ।’

यता डीएसपी ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडेपनि आज विहान हुलसहित प्रहरी कार्यालय घेराहाल्न आएको बताए । उनले सो क्रममा भिड नियन्त्रण गर्न केहीसेल अश्रुग्यास प्रहार भएको जनाए ।

सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनबीच बार्ता भईरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । घटनाको छानविन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भईरहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved