रुपन्देहीका ज्ञानबहादुर थापा मगरलाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग

बुटवल, असोज ३० । रुपन्देहीको देवदह नगरपालिका- ५ एकता टोल निवासी ज्ञानबहादुर थापा मगरलाई औषधि उपचार खर्चको लागि सहयोग रकम प्रदान गरिएको छ । जन्म घर रुपन्देही देवदह नगरपालिका -७ शितलनगर निवासी, हाल कर्मथलो दक्षिण कोरियामा कार्यरत एवम मगर संसार फोटो ग्यालरी ग्रुप पेजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष पहलमा संकलित रकम […]
प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउन तोके आठ संयोजक

काठमाडौ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन्। दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन्। अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले […]
महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

कास्की । पोखरामा भैईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य वागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा […]
राष्ट्रिय सम्मानका साथ शताब्दी पुरुष सत्यमोहन जोशीलाई बिदाइ

काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो । मृत्युपश्चात जीवनदान गरेका जोशीलाई आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको थियो । शोक […]
पोखरामा प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु, देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

पोखरा, असोज ३० । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ सहभागी एक खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब १०० मिटरमाथिबाट खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको […]
चर्चित लोकगायक राजु परियारलाई पितृ शोक

काठमाडौं, असोज ३० । चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षीय बुबा मंगलसिंह परियारको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । […]
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन शोक बिदा दिने

काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् । कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने उनले […]
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । उनी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित जोशीलाई पछिल्लाे समय डेंगु संक्रमण भएको थियो । डेङ्गु संक्रमणपछि असोज २३ गते […]
अब मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन

काठमाडौ । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, […]
मिस्टर एण्ड मिस सिद्धार्थनगर (२०२२) को तालिम शनिबारदेखि होटल पाउवामा हुँदै

रुपन्देही । रोयल क्राउन इवेंट्स एण्ड क्रिएशन्सले आयोजना गरेको प्रदेश स्तरको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस सिद्धार्थ नगर २०२२ सिजन १ को दोश्रो अडिसन बुधबार भैरहवास्थित होटल पाउवामा सम्पन्न गरिएको थियो । सो प्रतियोगितामा परासी, खैरहनी, भैरहवा र कपिलबस्तुबाट अनलाइन र ओफलाइन गरी १५ भन्दा बढी मिस्टर र मिस विधाका मोडलहरूले र्याम्प वाक गरेर छनोटका […]
