Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महिला क्रिकेटकाे स्वर्णका लागि पुलिस र एपीएफ खेल्दै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १ | बिहान ०७:०७ बजे

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा स्वर्णका लागि एपीएफ र पुलिसबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म पुलिसको महिला क्रिकेट टिम नै थिएन । यता, एपीएफले भने राष्ट्रिय खेलकुद निरन्तर खेल्दै आएको छ । पुलिस आफ्नो डेब्यु प्रतियोगितामै स्वर्ण जित्ने लक्ष्यमा छ ।

arkhala ads

सोमबार भएको सेमिफाइनलमा एपीएफले लुम्बिनी र नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको थियो । १३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाएपछि एपीएफले फराकिलो जित निकालेको थियो । लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्ने क्रममा एपीएफकी नेरी थापाले चार विकेट लिइन् ।

पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १२९ रन बनाएको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले ६९ रन बनाइन् । त्यस्तै, ममता चौधरीले १६ र कप्तान सीता रानामगरले ११ बनाए । लुम्बिनीका कृतिका मरासिनीले दुई र मनिषा रानाले एक विकेट लिए ।

त्यस्तै फाइनल पुग्ने क्रममा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गरेको थियो । पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२३ रन बनाएको थियो । पुलिसका काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रन बनाए । १२४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन मात्रै बनाउन सक्यो । बागमतीका सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved