भोलि शोक बिदा, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौँ, असोज ३१ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको […]

सरकारले भोली मंगलबार सार्वजनिक बिदा

काठमाडौं ३१ असोज । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ । जोशीको […]

सिरहामा प्रहरीद्वारा महिलामाथि अमानवीय तरिकाले कुटपिट, स्थानीयले गरे चक्का जाम

सुरेश राय सिरहा, ३१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयले नारा जुलुससहित चक्का जाम गरेको छ । मिर्चैया नगरपालिका- १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्का जाम गरेको हो । स्थानीयले दोषी […]

प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निशिमको अन्त्येष्टि

कास्की, असोज ३१ । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धामा सहभागी भई दुर्घटनामा परी निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । गोरखा घर भई हाल पोखरा-१० अस्पतालचोक बस्दै आएका २६ वर्षीय थापाको आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै करिब १०० मिटरमाथि जमिनमा खसेका […]

परासीमा म्यादी प्रहरीहरुको तालिम आइतबारदेखि शुभारम्भ

परासी । अगामी प्रतिनिधी सभा र सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा छनौट भएका म्यादी प्रहरीहरुको तालिम आइतबारदेखि शुभारम्भ भएको छ । जिल्ला प्रहरी कार्यालय लगायत ईलाका प्रहरी कार्यालय सुनवल, बर्दघाट, बेलाटारी र महेशपुर गरी ५ स्थानमा तालिम संचालन गरिएको छ । पश्चिम […]

६७औं प्रहरी दिवसको अवसरमा जिप्रका नवलपरासीद्वारा बृक्षारोपण र रक्तदान कार्यक्रम

परासी । ६७औं प्रहरी दिवस २०७९ को पावन अवसरमा नवलपरासी जिल्ला प्रहरी कार्यालयद्धारा सोमबार रक्तदान र बृक्षारोपण कार्यक्रम गरि सम्पन्न गरिएको छ । जिल्ला रेडक्रस सोसायटी नवलपरासीको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा नवलपरासी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु गरि २० जना, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरु ३ जना र […]

विनयी त्रिबेणी गापाले विनियोजन गर्यो चार वटा मुख्य सडकका योजनामा बजेट 

नवलपुर, असोज ३१ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि चार वटा मुख्य सडकका योजनाहरूमा बजेट बिनियोजन गरेको छ । नवलपुर तर्फ ३० किलोमिटर रहेको दुम्किवास – सर्दी – धुर्कोट सडक कालोपत्रे गर्न चार करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । यस्तै राजमार्ग गुम्बा देखि सिसेनी प्रतीक्षालय सडक निर्माण गर्न २ […]

झोलुङ्गे पुल तर्न २० रुपियाँ

भक्तपुर । सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं। ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ। सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको […]

देशभरको मौसम सफा

काठमाडौं । अहिले देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र […]

तानसेनमा पोखरीमा डुबेर एक बालकको मृत्यु

तानसेन । पाल्पा सदरमुकाम तानसेनस्थित नारायणस्थान पाेखरीमा डुबेर एक जना बालककाे मृत्यु भएकाे छ l मृत्यु हुनेमा तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको रहेको छ । आइतबार दिउँशो साढे २ बजेतिर नारायणस्थान पोखरीमा डुबेका पराजुलीलाई उपचारको लागि मिसन अस्पतालमा लगेपछि ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको […]