१२ बुँदे सहमति एमालेबाट माधव नेपाल, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले गरेको हुँ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । […]
महिला क्रिकेटकाे स्वर्णका लागि पुलिस र एपीएफ खेल्दै

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा स्वर्णका लागि एपीएफ र पुलिसबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म पुलिसको महिला क्रिकेट टिम नै थिएन । […]
नवौँ राष्ट्रिय खेलकुदमा १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

पोखरा, कात्तिक १। गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको […]
प्रदेश जनलोकपालको एक वर्ष : खर्च २ करोड, प्रगति शून्य

जनकपुर । प्रदेश जनलोकपाल आयोगले आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रदेशभित्र रहेका स्थानीय तहदेखि प्रदेश सरकारअन्तर्गत रहेका कार्यालयहरूको विकास निर्माणको बजेटमा भ्रष्टाचार तथा आर्थिक अनियमिततासम्बन्धी विभिन्न १५ वटा उजुरी परेको उल्लेख छ । तर, सोही प्रतिवेदनमा १५ वटा उजुरी परे पनि आयोगले कुनै पनि उजुरीमाथि छानबिन तथा अनुसन्धान प्रक्रिया […]
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै […]
निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने […]
आज सार्वजनिक बिदा

काठमाडौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार […]
निर्वाचन समितिको मनोमानी विरुद्ध महिला सहकारीमा ताला, नगर सहकारी शाखा प्रमुखलाई कारबाहीको माग

श्रीराम सिग्देल कावासोती । नवलपुर कावासोती- ८ स्थित रहेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको निर्वाचन प्रक्रियामा निर्वाचन समितिले अबैधानिक समिती घोषणा गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार संस्थाको कार्यालयमा ताला लगाएका छन । संस्थाको पाँचौं अधिवेशन निर्वाचन मण्डलले प्रक्रियामै नगई एकलैटी रूपमा समिति चयन गरेको भन्दै अधिकांश सदस्यले आक्रोश व्यक्त गरेका छन । आक्रोश पक्षले असोज […]
प्रधानमन्त्री देउवालाई भेटेपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिए(बिज्ञप्तिसहित)

भरतपुर । चितवन १ मा बागी उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उनले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । उनले आफूलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी […]
भोलि शोक बिदा, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौँ, असोज ३१ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको […]
