Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

परासी पृथ्वीचन्द्र अस्पतालका डाक्टर नुरुलहोदाद्वारा असहनिय घटना

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ५ | बिहान १०:०७ बजे

नवलपरासी । पृथ्वीचन्द्र अस्पतालमा घटिरहेको घटनालाई लुकाउदै र घटनामाथि घटना गर्दै आईरहेका डा नुरुल होदा अहिले फेरि त्यस्तै घटना गरेर जनताको ज्यानसंग खेलवाड गर्दै आईरहेका छन । उनी एउटा महिलाको अप्रेसन गरेर बच्चा मृत र पेटमा कपास राखेर टाँका लगायर आफू बच्न केस रिफर गरेको स्पस्ट देख्न सकिन्छ ।

घटना कार्तिक ३ गते परासी पृथ्वीचन्द्र अस्पतालको हो । पीडित पक्ष र त्यस वडाका अध्यक्ष अनुसार आज भन्दा करिब ११ दिन अगाडि रामग्राम – २ का मनोज हरिजनकी श्रीमती राजमती कुमारी हरिजनको डेलिभरी गराउने क्रममा पेटको अप्रेसन गर्दा अत्यन्तै लापरबाही पुर्ब अप्रेसन गरेकोले पेटबाट निकालेको बच्चाको मृत्यु भएको थियो । आमाको पनि स्थिति गम्भीर भएकाले अस्पतालका डाक्टर आफैले आफ्नो दोष लुकाउनको लागि पछि आफैले एम्बुलेन्स खोजेर बुटवल अञ्चल अस्पताल पठाएको आरोप पिडितको छ।

arkhala ads

यस अस्पतालमा बिगत केही बर्ष देखिनै बर्षमा तीन चार पटकसम्म यस्ता घटनाहरु घटिरहने लगायत अरु थुप्रै ब्यवस्थापकिय लापरबाही भएकाले यस विषयमा सत्यतथ्य छानबिनको माग गर्दै रामग्राम – २ का अध्यक्ष निरज रौनियार, वडा ३ का उज्ज्वल न्यौपाने, वडा- ५ का रामबृछ यादब,वडा- ६ का बिद्यासगर तिवारी, सामजसेबी रबि पाण्डे, अनिस, बिकास लगायतका उपस्थितिमा अस्पतालको लाहपरबाही स्पष्ट देखिएको संयुक्त निर्षकर्ष निकालेको छ ।

उक्त क्षेत्रका धेरै युवाहरुले बिरोध प्रदर्शन गर्दै यस अस्पतालका ब्यवस्थापन समितीका अध्यक्षसंग अस्पतालको बारे आफ्ना गुनासाहरु राख्दै छलफल गरे तर यस अस्पतालका मे. सु .नुरुल होदा घटना घट्ने बित्तिकै आफ्नो होल बडि चेक गराउन भारत पुगेकाले छानबिनलाई वहाँ नआउदासम्मलाई रोकिएको थियो तर यहि ४ गते साझ ५ बजे आएको खुलासा अस्पतालका कर्मचारीले बताएका छन ।

पीडितका अनुसार अप्रेसन गर्नु भन्दा एक हप्ता अगाडि पेट दुख्यो भनेर आउदा अस्पतालले सुइ लगाउदै पठाउदै गर्थ्यो । यहाँ २४ घन्टाको तलब खाने अन कलमा रहेका डाक्टरहरु ईमर्जेन्सी परेको बेला समयमा आउदैनन र यो घटना पनि यस्तै यस्तै लापरबाहीको कारणले भएको छ भन्ने पीडितको दाबी रहेको छ ।

त्यहाँको स्थानिय तथा युवाहरुले यहाँका अध्यक्षसंग सयौ समस्या बारेमा पनि कुरा उठाएता पनि त्यहाँको सम्बन्धित जिम्मेवार ब्यक्तिहरुले यो अस्पतालको सेवा र गुणस्तरमा सुधार नगरेको गुनासोसमेत स्थानीय बासीहरुले गरेका छन ।

स्थानिय युवाहरुका अनुसार हामी यसको बारेमा निरन्तर लेखिरहन्छौ र निगरानी गरिरहन्छौं । अस्पतालको सेवा र ब्यवस्थापनको गुणस्तर यस्तो छ, ट्वाइलेटमा दुई महिनादेखि बल्ब छैन ,फ्रीमा पाउनु पर्ने औषधि प्राय: सकिएकै हुन्छ पाईयो भने पनि रु ५ पर्ने औषधि हुन्छ तर अलि महँगो औषधि फेरि सकिएकै हुन्छ, डाक्टर क्वाटर भैसिको खोर भन्दा खत्तम हुन्छ लेखी साध्य छैन भनेर लेखिरहदा पनि केहि सम्बन्धित निकायले कार्यवाही नगरेको आरोप पनि लगाएका छन ।

उक्त अस्पतालमा काम गर्ने स्टाफहरु आफै पीडित रहेको छन । उनीहरुलाई पनि डर छ कि, यो अस्पतालका इन्चार्ज र म्यानेजरको ब्यवस्थापन र ब्यवहारले अस्पतालको यस्तै गति भयो भने यसले कतिको ज्यान लिन्छ । त्यो सोच्नै सकिन्न यहाँ समयमा केही पनि हुदैन र भएको चिज पनि ढंगले हुँदैन भन्ने स्टाफ तथा सेवाग्राहीहरुको आरोप छ ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved