Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आजबाट तिहारको यमपञ्चक सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ५ | बिहान ०९:०७ बजे

काठमाडौँ, कात्तिक ५ । आजबाट तिहारको यमपञ्चक सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ।

पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ । शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो।

arkhala ads

यमपञ्चकको पहिलो दिन यमदीप दान गर्ने परम्परा छ। कात्तिक कृष्ण त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख छ। ​धनतेरस पनि शनिबार नै मनाइँदै छ। बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्त्व छ। यमपञ्चक शनिवार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ। यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा चिनिन्छ। यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ। सोमबार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन। यो दिन २७ घडी १५ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ।

चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र बत्ती नदीमा बगाउने विधान पनि छ। यसो गर्दा ‘नरक जानु पर्दैन भन्ने विश्वास छ। यो वर्ष लक्ष्मीपूजा पनि सोमबार नै गरिँदैछ। लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रात्रिमा गर्ने विधान छ। भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागेको हो।

मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी। यो दिन औँसी २५ घडी ५७ पला अर्थात् ४ बजेर ३३ मिनेटसम्म रहनेछ। बिहान गाईको पूजा गरिन्छ। साँझमा भने सूर्यग्रहण लाग्नेछ। नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन्। खण्डग्रास ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ।

बुधबार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा। कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन। यो दिन २३स्३० घडी अर्थात् ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा छ। यही दिन नेपाल संवतअनुसारको वर्ष फेरिन्छ। ११४३ सुरु हुनेछ। बेलुकी नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ।

बिहीबार अर्थात् कात्तिक १० गते भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ। यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात् २ बजेर १२ मिनेटसम्म द्वितीया तिथि छ। समितिले यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved