Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक ५, शनिबार ०१:४२ बजे प्रकाशित

वीरगञ्ज  ५ कात्तिक । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट महादेवपट्टीले संयुक्त रुपमा सवारी साधन चेकजाँच गरिरहेका थिए ।

arkhala ads

हुलाकी राजमार्ग अन्र्तगत जिराभवानी गाउँपालिका–२ दुई लाटोमाई मन्दिर नजिक चेक प्वाइन्ट राखिएको थियो । सोही क्रममा सुवर्णपुरबाट आउँदै गरेका ना २ ह १४५४ नम्बरको अटोरिक्सालाई सशस्त्र प्रहरी निरीक्षक साखले रोक्न खोजेका थिए । तर अटो रोकिएन, उनैलाई ठक्कर दियो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले अटो चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको बताए ।

‘सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीले राति चेक प्वाइन्ट थापेर सवारी साधन चेकजाँच गरिरहेका थिए’, उनले भने, ‘अटोलाई रोक्न खोज्दा सशस्त्र प्रहरी निरीक्षकलाई ठक्कर दिएछ । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हो ।’

अटोसहित चालक जगरनाथपुर गाउँपालिका–१ बस्ने सीताराम रायलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved