परासी । पश्चिम नवलपरासीमा अबैध लागुऔषधसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका – १ घर वतन वताउने ४० बर्षिय रूद्र बहादुर कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।



बिशेष सूचनाको आधारमा रामग्राम नगरपालिका – ७ ललितपुरस्थित महेशपुर परासी सडक खण्डमा प्रसनि थमन बहादुर ठाडा मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार बिहान पक्राउ गरिएको हो ।


चेकजाँच गर्ने क्रममा दक्षिणवाट उत्तर तर्फ आउदै गरेको लु ५२ प ४६४ नं.को कालो स्कुटर रोकी रितपुर्वक शरिर खानतलासी गर्दा निजको शरीरको तल्लो भागमा लगाएको निलो रंगको जिन्सको पाईन्टको बाँया खल्ति (गोजा) मा कालो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा २९ पोका लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा ३१ ग्राम) फेला परि स्कुटर समेत वरामद गरी लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत नवलपरासीबाट दिन ५ को म्याद लिई आबस्यक अनुसन्धान भैईरहेको सुचना अधिकृत भोजराज पाण्डेयले बताउनु भयो ।








