Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठद्वारा गणेशको मूर्ति र २५ हजार बितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ३ | मध्यान्ह ०२:०७ बजे

चितवन, कात्तिक ३ । सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको श्रीमद्भागवत महापुराणमा सहभागी मूर्ति र पैसा वितरण गरेका छन् । चुनावी प्रसारप्रसार धाइरहेका श्रेष्ठले महापुराणमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ वितरण गरेका हुन् ।

कार्यक्रममा आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने बताए । उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । सोही क्रममा श्रेष्ठले सबै धर्मप्रति आफ्नो समभाव रहेको धाराणा व्यक्त गरे ।

arkhala ads

धार्मिक महोत्सव आयोजकले चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठ र चितवन २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार घनश्याम दाहाललाई रामनामी र फूलमाला लगाइदिएर स्वागत एवम् सम्मान गरेका थिए ।

चितवन २ अन्तर्गत पर्ने कालिका नगरपालिका–३ पदमपुर, गणेश मन्दिर चोकमा कात्तिक १ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव चलिरहेको छ । कात्तिक ७ गतेसम्म चल्ने धार्मिक महोत्सव सिद्दि गणेश मन्दिरको धार्मिक तीर्थस्थल स्तरोन्नति, व्यवस्थापन, संरक्षण एवं भौतिक पूर्वाधार विकासका लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved