Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सरकारले भोली मंगलबार सार्वजनिक बिदा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ अशोज ३१ | मध्यान्ह ०५:०६ बजे

काठमाडौं ३१ असोज । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

arkhala ads

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो । विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९/०६/०७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो । अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए । अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् ।

उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved