Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

निर्वाचन समितिको मनोमानी विरुद्ध महिला सहकारीमा ताला, नगर सहकारी शाखा प्रमुखलाई कारबाहीको माग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन ३१, सोमबार ०७:४४ बजे प्रकाशित

श्रीराम सिग्देल

कावासोती । नवलपुर कावासोती- ८ स्थित रहेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको निर्वाचन प्रक्रियामा निर्वाचन समितिले अबैधानिक समिती घोषणा गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार संस्थाको कार्यालयमा ताला लगाएका छन ।

arkhala ads

संस्थाको पाँचौं अधिवेशन निर्वाचन मण्डलले प्रक्रियामै नगई एकलैटी रूपमा समिति चयन गरेको भन्दै अधिकांश सदस्यले आक्रोश व्यक्त गरेका छन । आक्रोश पक्षले असोज ४ गते उम्मेदवारी दर्ता गरिसकेपछि प्रक्रिया नै रोकेर २७ दिनपछि आइतबार गुपचुपमा नाम टाँस गरेको आरोप लगाउदै ताला लगाएका हुन । संस्थाका अध्यक्ष पदका प्रत्यासी राधिका डुम्रेको पक्षले ताला लगाएको हो । उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रक्रियामा जानू पर्नेमा मनोमानी ढंगले कार्य समिती ४ गते चयन भएको भनि टाँस गरिनु सरासर निरंकुशता लाद्न खोजेको उनीहरुले आरोप लगाएका छन ।

अधिवेशनमा चुनावी प्रक्रियामा जान भन्दै उम्मेदवारी दिएका उनीहरुले नगरपालिकाका सहकारी शाखा प्रमुख दिपक पौडेललाई आफुहरुको मतदान प्रक्रियामा जान पाउने अधिकार हनन गरि अख्तियार दुरुपयोग गरेको आरोपसहित कारबाहीको माग गरेका छन । साथै उनीहरुले सहकारीका पुनः चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन र अबैधानिक कार्य समिति खारेजीको माग गर्दै कावासोती नगर प्रमुख बिष्णु प्रसाद भुसाल समक्ष निबेदन पेश गरेका छन । आफुहरुले मतदानमार्फत नेतृत्व चयन गर्न पाउने सुनिश्चितताका लागि ताला लगाईएको अध्यक्षका उम्मेदवार डुम्रेले बताईन । सो अधिवेशनको निर्वाचन संयोजक सहकारी बैंक कावासोतीका ब्यबस्थापक रुक्मांगत श्रेष्ठ, हेफर इन्टर्नेशनलका प्रतिनिधि रुक्मणी महतो र कावासोती नगरपालिकाका सहकारी शाखा प्रमुख दिपक पौडेल रहेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved