Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरकी मनकुमारी महिलाका रुपमै दुबई पुगेकी विमानस्थलमा अचानक पुरुष भएपछि….

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन २९, शनिबार १०:३० बजे प्रकाशित

कावासोती । नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि अचानक पुरुष बनिन् ।

जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् । दुबई बिमानस्थलमा पुगेपछि अचानक पुरुष बनेपछि उनी छाँगाबाट खसे जस्तै भयो । उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् ।

arkhala ads

आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालबाट गइन् । उनी दुवई पनि पुगिन् तर दुबईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन् । उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी कसैलाई थाहा भएन ।

जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् । दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो ।

भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो ।भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिएको छ । त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् ।

उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्षसम्म पासपोर्ट हेरिनन् । भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् । अहिले उनी उक्त ऋण कसरी तिर्ने भन्नेमा चिन्तामा छिन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved