Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती सम्पन्न: वैरागी नाता र रुद्र सन्देश मगर पुरस्कृत

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे

भदौ २९, पोखरा।
​नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा मगर भाषाका आदिकवि सुबेदार रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण एवं स्रष्टा सम्मान कार्यक्रम एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको गण्डकी प्रज्ञा-प्रतिष्ठानको साझा सभाहलमा आयोजित उक्त कार्यक्रम मगर भाषा, साहित्य र संस्कृतिको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्पन्न भएको हो ।

arkhala ads

नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क पामीआले मगरको अध्यक्षतामा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि गण्डकी प्रज्ञा-प्रतिष्ठानका श्रद्धेय कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने रहनुभएको थियो ।

​समारोहमा मगर भाषा र साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहँदै विशिष्ट योगदान पुर्‍याएबापत दुई जना स्रष्टालाई ‘मगर भाषाका आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार’ बाट सम्मानित तथा पुरस्कृत गरिएको हो ।

जसअन्तर्गत ‘आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार-२०८२’ बाट साहित्यकार वैरागी नाता मगर र ‘आदिकवि रेखबहादुर सारू मगर साहित्य पुरस्कार-२०८३’ बाट साहित्यकार रुद्र सन्देश थापा मगर पुरस्कृत हुनुभएको छ । कार्यक्रममा आदिकवि रेखबहादुर सारू मगरको जीवनी, व्यक्तित्व र भाषा-साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानका बारेमा संस्थाका कोषाध्यक्ष पूर्णबहादुर राना मगरले प्रकाश पार्नुभएको थियो भने पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक परिचय र योगदानबारे नेपाल मगर लेखक सङ्घकी केन्द्रीय सदस्य एवम् साहित्यकार बेलीमाया थापा (गीता) ले जानकारी गराउनुभएको थियो ।

​कार्यक्रममा स्वागत मन्तव्य नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष दीपक सिजाली मगरले व्यक्त गर्नुभएको थियो भने सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरूले मर्मस्पर्शी स्वागत गीत प्रस्तुत गरी कार्यक्रमको वातावरणलाई अझ सांगीतिक र भव्य बनाएका थिए । समारोहका प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेले आदिकवि रेखबहादुर सारू मगरले मगर भाषा-साहित्यको श्रीवृद्धिमा खेल्नुभएको ऐतिहासिक भूमिकाको चर्चा गर्दै मातृभाषाका साहित्य र स्रष्टाको संरक्षणमा गण्डकी प्रज्ञा-प्रतिष्ठान सधैँ सकारात्मक र सहकार्यका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

​गण्डकी प्रदेशका विशिष्ट साहित्यिक एवम् सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति सङ्गीतकार लोक गायक शङ्कर ‘विरही’ गुरुङ, नेपाल मगर सङ्घका भाषिक उपाध्यक्ष एवम् रेडियो कर्मि हर्क आले मगर, नेपाल मगर  सङ्घका पूर्व महासचिव एवं मगर भाषा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार,अध्येता  ,प्राध्यापक  लोकबहादुर थापा मगर, नेपाल मगर महिला सङ्घकी निवर्तमान भाषिक उपाध्यक्ष एवं अग्रज  साहित्यकार फूलकुमारी थापा मगर, नेपाल मगर लेखक सङ्घका पूर्व अध्यक्ष कर्णबहादुर बुढा मगर, संस्थापक महासचिव लेखक साहित्यकार गीतकार उजीर रानामगर, नेपाल मगर लेखक सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष / साहित्यकार रुद्र श्रीस मगर, नेपाल मगर सङ्घका केन्द्रीय सदस्यद्वय लक्ष्मी राना र बेलीमाया थापा, नेपाल मगर सङ्घ गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्र थापा,  नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुरका अध्यक्ष बेलबहादुर सारु, नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य यमबहादुर थापा, नेपाल मगर लेखक सङ्घ चितवनका अध्यक्ष धनु थापा( धनु डिसुवा) नेपाल मगर सङ्घ रामपुर नगर समिति पाल्पाका अध्यक्ष क्याप्टेन देवबहादुर मसराङ्गी मगर ,चलचित्र कथा लेखक साहित्यकार जुना थापामगर ,सङ्गम सांस्कृतिक मञ्च पोखराका अध्यक्ष काजी गाउँलेलगायतका अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो भने ने.म.ले.सं का सम्पूर्ण पदाधिकारी र अन्य स्रष्टा सर्जकहरुको पनि बाक्लो उपस्थिति रहेको थियोे ।

​उक्त कार्यक्रमको सञ्चालन एवम्  सहजीकरण  नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका सचिव एवम् साहित्यकार भोज विवश मगर (भोज प्रसाद खण्डलुक मगर) ले गर्नुभएको थियो । समारोहको समापन गर्दै सभाध्यक्ष खड्क बहादुर आले मगरले आदिकविको योगदान स्मरण गर्दै कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने गण्डकी प्रज्ञा-प्रतिष्ठान, अतिथिहरू, पुरस्कृत व्यक्तित्वहरू तथा सम्पूर्ण भाषा-साहित्य प्रेमीहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved