Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास र कौतूहल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

नवलपुर २९ भदाै । नवलपुरको हुप्सेकोट गाउँपालिका–६, प्लेगास्थित घाँगी भीरबाट लामो समयदेखि निरन्तर धुवाँको मुस्लो निस्किएपछि स्थानीयवासीमा त्राससँगै कौतूहल बढेको छ ।

प्लेगा गाउँबाट करिब ५०० मिटर दक्षिण–पश्चिमतर्फ रहेको घाँगी भीरबाट जमिनभित्रबाट धुवाँ निस्किरहेको स्थानीयले बताएका छन्। धुवाँसँगै बारुदजस्तो गन्धसमेत आउने गरेको उनीहरूको भनाइ छ ।

arkhala ads

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले घटनास्थल पुगेर निरीक्षण गरिसकेको छ। प्रहरीका अनुसार जमिनभित्रबाट धुवाँ निस्किरहेको र केही गन्धसमेत महसुस भएको भए पनि धुवाँ निस्कनुको वास्तविक कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन ।

धुवाँ निस्किएको घटनालाई लिएर स्थानीयस्तरमा विभिन्न अनुमान भइरहे पनि अहिले नै यसलाई ज्वालामुखी, ग्यास चुहावट वा विस्फोटसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ ।

घटनाको वास्तविक कारण पत्ता लगाउन भूगर्भ तथा सम्बन्धित प्राविधिकबाट स्थलगत अध्ययन तथा परीक्षण आवश्यक देखिएको छ। लामो समयदेखि धुवाँ निस्किरहेकाले सम्भावित जोखिमबारे समेत सम्बन्धित निकायले थप अध्ययन र निगरानी गर्नुपर्ने देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved