काठमाडौं १३ असार । हिजो भएको दुर्घटना काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा आज एकजनाको मृत्यु भएको छ ।




थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।



















