सुर्खेत १७ असार । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ ।




जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट ९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत चलान गरिएको छ । भिडियो सार्वजनिक भएपछि ती युवाहरुको चौतर्फी विरोध भएको थियो। घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।



















