चितवन १७ असार । नारायणगढ र मुग्लिन सडकखण्डमा आज पानीको कारण पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।




इच्छाकामना गाउँपालिका वडा न्न-६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



















