नवलपुर २३ असार । नवलपुर कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । कावासोती वड न्न-१ कोइलापानीमा ना २६ प ५९६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।




कावासोती थाना चोकतर्फ आउँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा न्न-१ बस्ने २० वर्षीय केशर सुनारीको निधन भएको हो ।



















